४७ वर्षीया लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री

२०७९ भाद्र २१ गते, मंगलवार


काठमाडौँ । बेलायतमा कन्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री वनेकी छिन् । अहिले विदेश मन्त्री रहेकी ट्रसले कन्जरभेटिभ्स पार्टीको नेतृत्वका लागि भएको चुनावमा जित हात पारेसँगै उनि बेलायतकी नयाँ प्रधानमन्त्री वनेकी हुन्। बिबिसीका अनुसार सोमबार दिउँसो चुनावी नतिजा सार्वजनिक भएको हो । नतिजामा भारतीय मूलका अर्का प्रतिष्पर्धी ऋषि सुनक पराजित भए ।
बेलायतको तल्लो संसदमा कन्जरभेटिभ्स पार्टीको एकल बहुमत छ । संसदमा बहुमत भएकाले कन्जरभेटिभ्स पार्टीका नेता नै प्रधानमन्त्री वनकी हुन् । यो जितसँगै ४७ वर्षीया ट्रस प्रधानमन्त्री बन्ने तेस्रो बेलायती महिला वन्नु भएको छ । यसअघि मार्गेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री वनेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]