जबरजस्ती विवाह र श्रम शोषणमा पर्नेको संख्या ५ करोड !

२०७९ भाद्र २८ गते, मंगलवार

काडमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा जबरजस्ती विवाह र श्रम शोषणमा परेका मानिसहरूको संख्या ५ करोडको हाराहारीमा रहेको छ । उक्त प्रतिवेदन अनुसार गत वर्षको अन्त्यमा आधा भन्दा बढीलाई इच्छा विपरीत श्रममा लगाईएको र बाँकीलाई जवर्जस्ती विवाह गर्न बाध्य पारिएको हो । वाक फ्री फाउन्डेशन र श्रम आप्रवासनका लागि संयुक्त राष्ट्रसंघीय निकायको समन्वयमा तयार पारिएको प्रतिवेदनमा धम्की, हिंसा, र शक्तिको दुरुपयोगका कारण अन्यायमा परेकाहरुको संख्या समावेश गरिएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा सबै प्रकारका आधुनिक दासत्व उन्मुलन गर्ने लक्ष्य राखेकोमा सन् २०१६ देखि सन् २०२१ कोबीचमा जबरजस्ती श्रम वा विवाहमा परेका व्यक्तिको संख्या बढ्दै गएको साेही प्रतिवेदनमा उल्लेख गरिएकाे छ । आइएलओका महानिर्देशक गाइ राइडरले विश्वमा यस्ता शोषणमा परेका मानिसहरूको अवस्था नाजुक भएको विश्वास गर्न पनि आफूलाई कठिन भएको बताएका छन् ।
राइडरले जसले आगामी दिनमा भयावह स्थिति ल्याउने संकेत पनि गर्नुभयो । कोराना र जलवायु परिवर्तनका कारण बसा सराई गर्न बाध्य भएपछि उनीहरूको अवस्था झन दयनीय भएको प्रतिवेदनमा भनिएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]