राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पाएनन् !

काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । आइतबार सम्पन्न पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो भरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । बर्तमान राष्ट्रपति जायर बोल्सोनारोले अपेक्षा गरिए भन्दा राम्रो मत ल्याएपछि पहिलो चरणमै जित हासिल गर्न बामपन्थी नेता लुइज इनासिओ लुला डा सिल्भाको लक्ष्य पूरा भएन ।
९५ प्रतिशत मत गणना हुँदा पूर्वराष्ट्रपति लुलाले ४७.६ प्रतिशत मतसहित अग्रता लिएका छन् । यस्तै वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३.९ प्रतिशत मत पाएका छन् । दोस्रो चरणको मतदान अक्टोवर ३० मा हुनेछ । अधिकांश मत सर्वेक्षणहरूले लुलालाई बोल्सोनारो भन्दा १० देखि १५ प्रतिशत मत अघि देखाएका थिए । तर, निकै कडा प्रतिस्पर्धाले ध्रुविकृत ब्राजिलियन राजनीतिमा स्थिरता टाढा देखिएको छ ।