भेनेजुयलामा बाढी-पहिरो: २२ जनाको मृत्यु, ५० बढी बेपत्ता

काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । साेही बाढी र पहिरोमा कारण ५० जना भन्दा बढी बेपत्ता भएका हुन् । पहिरोका कारण भेनेजुयलाको दक्षिण शहर ‘लास–तेइरास’ बढी प्रभावित भएको छ । बाढीले नदी कटान गरी बस्तीमा प्रवेश गर्दा हाजारौं मानिस विस्थापित भएका छन् । बिजुली आपूर्ती बन्द र यातायात व्यवस्था समेत अवरुद्ध भएकाे छ , साथै सयौं सवारी साधनमा क्षति पुगेको छ । बाढी पहिरो प्रभावितहरूका लागि उचित राहतको व्यवस्था गर्न भेनेजुयलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्बन्धित निकायलाई निर्देशन दिएका छन । बेपत्ता भएका मानिसहरुको खोजीका लागि सयौं उद्धारकर्मी परिचालन गरिएको छ । भेनेजुयलामा विगत केही दिनदेखिको लगातारकाे वर्षा अझै पनि जारी रहेकाे छ ।
उपराष्ट्रपति रोड्रिगेजले बाढी र पहिरोले थप क्षति पुर्याउन सक्ने भन्दै सचेत रहन समेत सर्वसाधारणलाई अपील गरेका छन ।