रुसको सैन्य तालिम केन्द्रमा आक्रमण : ११ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । सरकारी समाचार एजेन्सी रियाका अनुसार रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । युक्रेनविरुद्ध लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिने स्थानमा आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्वसोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन् । उनीहरु आतंककारी भएको हुन सक्ने मन्त्रालयले जनाएको छ । गत महिना रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पहिले सैन्य सेवा गरेका ३ लाख रुसी नागरिकलाई युक्रेनविरुद्धको लडाइँमा प्रयोग गर्न आदेश दिएका थिए । यो आदेशको विरोधमा रुसभर विरोध प्रदर्शन भएको थियो भने धेरै मानिसहरुले देश छाडेका थिए ।