रूसकाे आक्रमणबाट १३ हजार युक्रेनी सैनिककाे मृत्यु !

२०७९ मंसिर १६ गते, शुक्रबार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेनेस्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले रूस र युक्रेनबीच भएकाे युद्धका क्रममा अहिलेसम्म १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे छ । युद्धको ९ महिनामा रूसको आक्रमणबाट १० देखि १३ हजार युक्रेनी सैनिककाे मृत्यु भएकाे उनले दावी गरेका हुन् । राष्ट्रपति जेलेनेस्कीका सल्लाहकार पोडोल्याकले मृत्यु भएका लडाकुहरूको संख्या यकिन नभए पनि अधिकमत १३ हजारसम्मको मृत्यु भएको हुनसक्ने बताएका छन् ।
युद्धमा अंगभंग भएका र घाइते भएका सैनिकहरुको संख्या समेत जोड्दा १ लाख पुग्ने उनको भनाइ छ । गत जुन महिनामा दैनिक २ सयदेखि ३ सय युक्रेनी सैनिक मृत्यु भएको उनको दावी थियो । युक्रेनको सेनाले भने यो तथ्यांक पुष्टी गरेको छैन । रुस र युक्रेन युद्धका क्रममा हालसम्म ३ हजार ६ सय सर्वसाधारणकाे मृत्यु भएकाे जनाइएकाे छ । रूस तर्फ ९ हजार ३ सय ११ सैनिककाे मृत्यु भएकाे मस्कोले दावी गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार