राष्ट्रपति जेलेन्स्की अमेरिका भ्रमणमा जाँदै

२०७९ पुष ६ गते, बुधबार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की आज अमेरिका भ्रमणमा जादै छन । भ्रमणको क्रममा वासिङटन पुग्ने जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । यसका लागि अमेरिकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी कांग्रेसका सदस्यहरुलाई उपस्थिति जनाउन अपील गरेका छन । भ्रमणकै क्रमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेट्न सक्ने सम्भावना रहेको छ ।
रुससग युद्ध सुरु भएयता जेलेन्स्कीको यो पहिलो विदेश हो । यसअघि जेलेन्स्कीले युक्रेनको राजधानी कीभमै बसेर विदेशी नेताहरुसँग प्रत्यक्ष, टेलिफोन र अन्य भर्चुएल माध्यमबाट संवाद गर्दै आएका थिए । उनको यो भ्रमणले युद्धकाबीच अमेरिकाले खेलेको सहयोगी भूमिकाको प्रशंसा हुने निश्चित भएकाे छ ।
जारी युद्धकाबीच अमेरिकाले युक्रेनलाई १८ अर्ब ५० करोड बराबरको सैन्य सहायता उपलब्ध गराइसकेकाे छ । यसैगरी जर्मनीले २ अर्ब३ करोड बराबरको सैन्य सामग्रीहरू युक्रेन पठाइसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार