इरानमा मृत्युदण्डको त्रास

२०७९ पुष १४ गते, बिहीबार

काठमाडौं । इरानमा एक युवतीको हिरासतमा मृत्युपछि भड्किएको प्रदर्शनमा सहभागी भएको आरोपमा एक सय जना भन्दा बढीले मृत्युदण्डको सजाय वा मृत्युदण्डको अभियोग झेलिरहेको खुलासा भएको छ । नर्वेमा रहेको इरान मानव अधिकार संस्थाका अनुसार त्यस्तो सजाय पाउनेहरुमा देशका प्रवुद्ध नागरिकदेखि सेलिब्रेटीहरुसम्म रहेका छन् । तर, उनीहरुका परिवारलाई नबोल्न चेतावनी दिइएको छ । दुई युवालाई यसअघि नै मृत्यु दण्डको सजाय दिईसकिएको छ भने एक युवालाई कुनै पनि बेला झुण्ड्याउने तयारी छ ।
यस्तै पाँच जना महिलालाई पनि मृत्युदण्ड दिने फैसला भईसकेकाले उनीहरुलाई कुनै पनि बेला सजाय दिन सकिने अवस्था रहेको उक्त संस्थाको दाबी छ । सय दिन यता चलिरहेको प्रदर्शन र दंगाका क्रममा ६४ बालबालिका, ३४ महिलासहित ४७६ जना मारिईसकेका छन् ।अल्लाहविरुद्ध दुश्मनी गरेको अभियोगमा मृत्युदण्डको अभियोग लगाइएका वा त्यस्तो सजाय सुनाईकाहरुलाई कानुनी परामर्शका लागि वकिलको सहायता लिने अधिकारबाट समेत बञ्चित गरिएको छ ।

पक्राउ गरिएकाहरुलाई हिरासतमा यस्तो गरी यातना दिने गरिएको छ कि उनीहरु शारिरीक वा मानसिक रुपमा विक्षिप्त बन्ने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार