मेक्सिको कारागार प्रकरण : मृत्यु हुनेकाे संख्या २१ पुग्याे

२०७९ पुष २० गते, बुधबार

काठमाडौं । मेक्सिकोमा गत आइतबार कारागार तोडेर ३० जना कैदीबन्दी भागेका थिए । उनीहरूकाे खोजीको क्रममा भएको गोली हानाहानमा करिब ७ जनाको मृत्यु भएको हाे । बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका राष्ट्रिय अनुसन्धानकर्ताहरूमाथि अचानक गोली प्रहार गर्दा दुई जना अनुसन्धानकर्ता लगायत अन्य ५ जना बन्दुकधारीकाे समेत मृत्यु भएकाे हाे ।
यस घटनामा मेक्सिकोको कुख्यात अपराधिक समूह लोस मेक्सिकल्सको हात रहेको विश्वास गरिएको छ । सिउडाड जुवारेजस्थित कारागारबाट कैदीहरू भाग्ने क्रममा १० जना गार्ड र ४ जना कैदी गरी १४ जनाको मृत्यु भएको थियो । कारागारबाट भाग्नेहरुमा लोस मेक्सिकल्सका नाइके पनि रहेका छन् । अपहरण र हत्याको अभियोगमा ३३ वर्षीय एल नेटोले १४ वर्ष लामो कैद सजाय भोगिरहेका थिए । सन् २०१० मा पनि उनलाई भगाउन गरिएको एक असफल प्रयास दौरान घाइते भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार