आत्मघाती हमला : २० जना हताहत

२०७९ पुष २८ गते, बिहीबार


काठमाडौँ । अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ। आक्रमण स्थलनजिक टर्की र चीनलगायत धेरै देशका दूतावास छन्। इस्लामिक स्टेट समूहको स्थानीय शाखा इस्लामिक स्टेट- खोरासान प्रान्त (आईएस-के) ले टेलिग्राममा एक पोस्टमा आक्रमण गरेको दाबी गरेको छ।
प्रहरीले कम्तिमा पाँच सर्वसाधारणको मृत्यु भएको बताएको छ तर तालिबानका अर्का एक अधिकारीले २० जनाको ज्यान गएको बताएका छन्। आक्रमणबारे तालिबान अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन्। आक्रमणको समयमा चिनियाँ प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयको भवनभित्र अफगान अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम थियो । आक्रमणमा कम्तीमा ४० जना घाइते भएका प्राप्त विवरणहरुमा जनाइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार