पेरुमा सरकारविरोधी प्रदर्शन चर्कियो

२०७९ माघ ४ गते, बुधबार


काठमाडौँ । पेरुमा राष्ट्रपति डिना बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको मिति तोक्न माग गर्दै विगत केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनका क्रममा ४२ जनाको मृत्यु भएको छ। प्रदर्शनमा दर्जनौँ घाइते भएका छन्। प्रदर्शन चर्किएपछि सरकारले राजधानी लिमा र अन्य तीन क्षेत्रमा संकटकाल घोषणा गरेको छ। लिमा, कुस्को, कालाओ क्षेत्रमा ३० दिनका लागि संकटकाल लगाइएको हो। हप्तौंदेखि जारी प्रदर्शन तत्काल मत्थर हुने कुनै संकेत नदेखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रदर्शनका क्रममा सरकार र विद्रोहीबीचको झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पेरुका मानव अधिकार आयुक्तले पुष्टि गरेका छन्। प्रदर्शनका क्रममा देशका विभिन्न क्षेत्रको सडक अवरुद्ध भएका छन्।
डिसेम्बरको पहिलो हप्ता पूर्वराष्ट्रपति क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार सम्हालेकी थिइन्। ग्रामीण विद्यालयका पूर्व शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा धेरै नै विवादस्पद काम गरेका थिए। उनले संसदमा विरोधको सामना गर्नुपरेको थियो। उनीविरुद्ध भ्रष्टाचार आरोपबारे थुप्रै आपराधिक अनुसन्धानहरू सुरु भएका छन्।

प्रतिक्रियाहरु

[anycomment]