बेलायती प्रधानमन्त्रीलाई १०० पाउण्ड जरिवाना !

काठमाडौँ । बेलायती प्रधानमन्त्री ऋषि सुनक प्रहरी कारवाहीमा परेका छन् । प्रधानमन्त्री सुनकलाई कारमा सवार रहँदा सिट बेल्ट नबाँधेको विषयमा प्रहरीले कारवाही गरेको हो । सामाजिक संजलका लागि बनाइएको भिडियोमा प्रधानमन्त्री सुनकले सिट बेल्ट नबाँकेको देखिएको थियो । सोही भिडियोका आधारमा उनलाई कारवाही स्वरुप १०० पाउण्ड जरीवाना गरिएको हो ।
प्रधानमन्त्री सुनकले आफ्नो गल्ती स्वीकार गरेको उनको सचिवालयले जनाएको छ । त्यस्तैगरी उनले माफीसमेत मागेको उनको सचिवालयले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ । ‘उहाँ यो मान्नुहुन्छ कि सबैले सिटबेल्ट लगाउनुपर्छ । उहाँले घटनाप्रति क्षमासमेत माग्नु भएको छ,’ प्रधानमन्त्री कार्यालयबाट जारी वक्तव्यमा भनिएको छ ।
बेलायतको कानूनमा सिटबेल्ट अनिवार्य भनिएको छ । यदी नबाँधिएको अवस्थामा १०० पाउन्ड जरिवाना तिर्नुपर्छ । उक्त जरिवाना नतिर मुद्धा अदालत पुग्ने र ५०० जरिवाना तिर्नुपर्ने उल्लेख छ । सुनकले सिट बेल्न नलगाएको उक्त भिडियो उत्तरी इंग्ल्यान्ड भ्रमणका क्रममा ल्यांकाशरमा रहँदा खिचिएको बुझिएको छ । -एजेन्सी