चीनद्वारा अमेरिकाकाे आरोप अस्वीकार

२०७९ फाल्गुन ९ गते, मंगलवार


काठमाडौँ । चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाकाे दावीको चीनले अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई घातक हतियार दिने योजना बनाएको बताए । हतियारको विस्तृत विवरण नै आफूहरुसँग रहेको ब्लिंकेनले बताए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनपिनले अमेरिकाले लगाएको आरोप अस्वीकार गरेका हुन् । तर अमेरिकाले दवाव दिंदैमा चीन–रुस सम्बन्धमा भने फरक नपर्ने वेनपिनको भनाइ थियो । युद्ध क्षेत्रमा निरन्तर हतियार आपूर्ति गर्ने चीन होइन अमेरिका भएकाे वेनपिनकाे दावी छ ।
भ्रम फैलाएर युद्ध जारी राख्नुभन्दा वार्ताबाट युद्ध टुंग्याउनेतर्फ सोच्न अमेरिकालाई वेनपिनले आग्रह गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]