अमेरिकाद्वारा युक्रेनलाई पुन: सैन्य सहयोग

काठमाडौं । अमेरिकाले रुससँग युद्धरत युक्रेनलाई फेरि सैन्य सहयोग गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डलर बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको छ । रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको बताएको छ । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० अर्ब डलरभन्दा बढी सहयोग पठाएको छ। अमेरिकाले नयाँ सहयोगमा युक्रेनलाई आधुनिक रकेट प्रणाली, हाइमर्स डिफेन्स सिस्टमका लागि आर्टिलरी राउन्ड उपलब्ध गराएको छ । यसमा सवारीसाधनबाट सञ्चालन गरिने ब्रिजेसहरू पनि समावेश छन्।