रुसले बेलारूसमा आणविक हतियार भण्डारण गर्ने

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने घोषणा गरेका छन । उनले युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँग तनाव बढिरेहका बेला बेलारुसमा आणविक भण्डारण गर्ने घोषणा गरेका हुन् । बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले लामो समयदेखि आफ्नो देशमा आणविक हतियार तैनाथीका लागि आग्रह गर्दै आएको पुटिनको दावी छ ।
राष्ट्रपति पुटिनले आगामी जुलाई १ भित्र बेलारुसमा आणविक हतियार भण्डारण स्थलको निर्माण पूरा भइसक्ने बताए । उनले अन्तर्राष्ट्रिय आण्विक अप्रसार सन्धिको बर्खिलाप नहुने गरी हतियार राखिने दावी गरे । अमेरिकाले पनि आफ्नो गठबन्धनका देशहरुमा आणविक हतियार भण्डारण गरेको तर्क पनि उनको तर्क छ ।
तर बेलारुसमा राखिने आणविक हतियारको नियन्त्रण भने रुसकै हातमा हुने पनि राष्ट्रपति पुटिनले बताए । रुसले यस अघि नै १० वटा आणविक हतियार बोक्ने विमान बेलारुसमा तैनाथ गरिसकेको छ । – एजेन्सी