चीनका रक्षामन्त्री ली जिङफु भारत जादै

२०८० बैशाख १२ गते, मंगलवार


काठमाडौं । चीनका रक्षामन्त्री ली जिङफु सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन भारत जाने भएका छन् । चीनको आधिकारिक सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले चिनियाँ रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो जानकारी दिएको हो । ली जिङफुसँगै रुसी रक्षामन्त्री सर्गेई शोइगु पनि भारत जानेछन् ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले एससीओ रक्षा मन्त्रीहरूको बैठकको अध्यक्षता गर्ने बताइएको छ । गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछि एलएसीमा बढेको तनाव कम गर्ने प्रयास भइरहेका बेला चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो । एलएसीमा शान्ति स्थापनाका लागि आइतबार दुई देशका सैनिक कमाण्डरबीच १८औँ चरणको वार्ता भयो । भेटपछि दुवै देशले जारी गरेको विज्ञप्तिमा वार्ता निकै खुला र विस्तृत भएको बताइएको छ । यसले दुई देशबीचको सम्बन्धलाई थप सुधार गर्न मद्दत गर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार