बाइडेनद्वारा पुन: राष्ट्रपतीय चुनाव लड्ने घोषणा

२०८० बैशाख १२ गते, मंगलवार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने पुष्टि गरेका छन् । उनले एक प्रमोशनल भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । तीन मिनेटको यो भिडियोमा उनको पुनः निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । यस भिडियोमा एउटा शब्द ‘स्वतन्त्रता’ मा विशेष जोड दिइएको छ। अमेरिकाका ४६ औँ राष्ट्रपति जो बाइडेनले भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षालाई सन् २०२४ मा हुने चुनावमा सबैभन्दा महत्वपूर्ण विषय हुने बताएका छन् ।उनले आगामी पुस्तालाई ‘अधिक वा कम स्वतन्त्रता’ र ‘अधिक वा कम अधिकार’ दिने भन्ने विकल्प मतदातासँग हुने बताए ।
भिडियोको साथमा एक प्रेस विज्ञप्तिमा, बाइडेनले पुष्टि गरे कि व्हाइट हाउसका वरिष्ठ सल्लाहकार जुली चाभेज रोड्रिग्वेज उनको अभियान प्रबन्धक हुनेछन्।

प्रतिक्रियाहरु

[anycomment]