अमेरिकामा दुईवटा सैन्य हेलिकप्टर ठोक्किए !

काठमाडौँ । अमेरिकाको अलस्कामा दुई वटा सैन्य हेलिकप्टर क्र्यास भएका छन । तालिमबाट फर्किएका हेलिकप्टर अलस्काको हेली भन्ने स्थान नजिकै एकापसमा ठोक्किएर दुर्घटना भएको हो । अलस्कास्थित अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा तालिमबाट फर्किएका ए एच सिक्टीफोर अपाचे हेलिकप्टरहरु ठोक्किएर दुर्घटना भएको जनाइएको छ । अधिकारीहरुले घटनाको छानबिन भईरहेको भन्दै विस्तृत विवरण पछि दिने भनेका छन् । दुर्घटनाग्रस्त हेलिकप्टरमा कति जना सवार थिए र उनीहरुको अवस्था के छ भन्ने पनि खुलाइएको छैन् । – एजेन्सी