अमेरिकाद्वारा चीनले साउथ चाइना सीमामा आतंक सिर्जना गरेको आरोप

२०८० बैशाख १७ गते, आईतवार


काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले चीनमाथि साउथ चाइना सीमा आतंक सिर्जना गरेको आरोप लगाएका छन । मिलरले एक विज्ञप्ति जारी गर्दै चीनले फिलिपिनी समुद्री जहाजहरुलाई सताउने गरेको बताएका हुन् । साउथ चाइना सीमा आतंक मच्चाएको समेत उनले आरोप लगाएका छन् । उनले त्यस्ता गतिविधि तत्काल रोक्न पनि चीनलाई आह्वान गरेका छन् । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसलाई ह्वाइट हाउसमा स्वागत गर्नु दुई दिन अघि अमेरिकी विदेश मन्त्रालयले फिलिपिन्सलाई चीनले सताइरहेको आरोप लगाएको हो ।
साउथ चाइना सीका साथै प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय जलसन्धि लागू गराउन अमेरिका प्रतिवद्ध रहेको प्रवक्ता मिलरले बताएका छन् । फिलिपिनी सेनासँग मिलेर अमेरिकाले काम गर्ने पनि उनले उल्लेख गरेका छन्। प्रवक्ता मिलरले गत शुक्रबार चिनियाँ तटीय सुरक्षा गार्डले फिलिपिन्सको एउटा पानी जहाजलाई ठक्कर दिन खोजेको बताएका छन् । त्यस्ता क्रियाकलाप तत्काल रोक्न चीनलाई उनले चेतावनी समेत दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार