प्रधानमन्त्री मरिन सम्बन्ध विच्छेद गर्दै

२०८० बैशाख २८ गते, बिहीबार


काठमाडौँ । संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको रूपमा गत २०१९ मा निर्वाचित फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध विच्छेदका लागि निवेदन दिएकी छिन् । श्रीमान् मार्कस राइकोनेनसँगको १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मारिनले सबन्ध विच्छेदका लागि निवेदन दिएको जनाएकी हुन्। उनले सो जानकारी आफ्नो इन्स्टाग्रामबाट दिएकी हुन् । ‘हामीले सँगै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छौँ । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौँ,’ मारिनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एक अर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं। हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहान्छौं ।’
उनीहरुका पाँच वर्षकी छोरी छिन् ।

प्रतिक्रियाहरु

[anycomment]