इरानमा शरण लिन पुगेका अफगानी स्वदेश फर्किंदै
काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछी छिमेकी मुलुक इरानमा शरण लिन पुगेका अफगानी नागरिकहरु स्वदेश फर्कन थालेका छन् । गत एक महिनामा ७४ हजारभन्दा बढी अफगानीहरु स्वेदश फर्केका हुन् भने अझै फर्कने क्रम जारी छ । अफगानिस्तानको तालीवान सरकारले पलायन भएका अफगानीहरुलाई स्वदेशमै बस्ने वातावरण मिलाउने बाचा गर्दै सबैलाई फर्कक आव्हान गरेपछी उनीहरु फर्केका हुन् । साथै तालीवानले युद्धबाट तहसनहस भएको देशको पुननिर्माणमा सहयोग गर्न पनि सबै अफगानी जनतालाई अपील गरेको छ । गत अप्रिलको सुरुदेखि मे महिनाको मध्यसम्म ६४ हजार १ सय बढी शरणार्थी अफगानिस्तान फर्केपछि पछिल्लो तीन महिनामा इरानबाट फर्केका शरणार्थीको संख्या एक लाख ३८ हजार १ सय बढी पुगेको छ ।
इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू बस्दै आएका छन् भने त्यति नै संख्यामा अफगानी शरणार्थीहरु पाकिस्तानमा पनि रहेका छन् । ती बाहेक अन्य मुलुकपनि शरण लिन पुगेका अफगानी नागरिकहरुको सख्या उल्लेख्य रहेको छ । -एजेन्सी