ट्यांकरसँग रेल ठोक्किंदा डेढ दर्जन घाइते !

२०८० असार १४ गते, बिहीबार

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा यात्रुबाहक रेल पानीको ट्यांकरसँग ठोक्किंदा कम्तिमा डेढ दर्जन घाइते भएका छन् । लसएञ्जलसबाट दुई सय यात्रु लिएर सियाटलतर्फ गइरहेको रेल लसएञ्जलस नजिकै भेन्टुरा काउन्टीमा ट्यांकरसँग ठोक्किएको हो ।
घटनामा रेलका चालकसहित कम्तिमा डेढ दर्जन घाइते भएको र चालकको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेमध्ये १५ जनालाई अस्पताल भर्ना गरिएको जनाइएको छ । भेन्टुरा काउन्टिमा पानी लिएर गइरहेको ट्यांकरले रेलको बाटो अवरुद्ध गर्दा दूर्घटना भएको बताइएको छ । दुर्घटनाग्रस्त रेलका डिब्बाहरु लिकबाट बाहिर गएका छन् भने रेलमा ठूलो क्षति भएको जनाइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]