वागनर समूह युक्रेन युद्धमा सहभागी हुन नपाउने

२०८० असार १५ गते, शुक्रबार

काठमाडौं । रुसले निजी सैनिक समूह वागनरमाथि युक्रेन युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाएको छ । गत साता रुसविरुद्ध सैनिक विद्रोहमा उत्रिएपछि वागनरसँग रुसको सम्बन्ध बिग्रिएको हो । रुसी संसद डुमाको रक्षा समितिका एक सदस्यले वागनरमाथि अब कहिल्यै पनि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको जानकारी दिएका हुन ।
वागनर प्रमुख यभ्गेनी प्रिगोझिनले रुसी सेनासँग सम्झौता गर्न अस्वीकार गरेपछि उनी र उनको समूहमाथि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको बताइएको छ । रुससँग सम्बन्ध विग्रिएपछि प्रिगोझिन र उनका २५ हजार लडाकुलाई बेलारुस पठाइएको छ । बेलारुस पुगेपछि उनीहरु कहाँ कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा पनि कुनै खबर छैन । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]