अमेरिकी सेनाको ड्रोन आक्रमणमा मारिए आइएसआइ प्रमुख मुहाजिर

२०८० असार २५ गते, सोमबार

काठमाडौँ । सिरियामा अमेरिकी सेनाको ड्रोन हमलामा आतंकबादी समुह आइएसआइका प्रमुख मारिएका छन् । सिरियाको पुर्वी क्षेत्रमा अमेरिकी सेन्ट्रल कमाण्डले गरेको ड्रोन हमलामा आइएसआइ प्रमुख उसामा अल मुहाजिर मारिएका हुन् । हमलामा सो समुहका केही लडाकुहरु घाइते भएका छन् ।
गत वर्ष अमेरिकी सेनाले सिरियाको पुर्वी क्षेत्रमा छापा मारी उनीहरुको पकड क्षेत्र पत्ता लगाइ केही नेतालाई गिरफ्तार समेत गरेको थियो । यसअघि अमेरिकी कारबाहीमा आइएसआइका पुर्व प्रमुख अबु बक्र अल बगदादी मारिएका थिए । उनको मृत्यु पछी सो समुहको नेतृत्व अल मुहाजिरले लिएका थिए । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]