अमेरिकामा ७.४ म्याग्निच्युडको भूकम्प !

२०८० असार ३१ गते, आईतवार

काठमाडौं । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। युएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको हो ।
युएसजीएसले भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ । यूएसजीएसले भूकम्प पृथ्वीको ९.३ किलोमिटर गहिराइमा गएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]