अवैध तरिकाले उत्तर कोरिया छिरेका अमेरिकी सैनिक पक्राउ

२०८० श्रावण ३ गते, बुधबार

काठमाडौँ । दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक उत्तर कोरियामा पक्राउ परेका छन् । दुई देशबिचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी सैनिक ट्राभिस किङलाई उत्तर कोरियाको सुरक्षाकर्मीले हिरासतमा लिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकी सरकारले आफ्ना नागरिकलाई कुनैपनि हालतमा उत्तर कोरियाको भ्रमण नगर्न सुझाव दिईरहेको अवस्थामा ति संनिक आफ्नै मर्जीले उत्तर कोरिया छिरेको बताइएको छ । सैनिकलाई हिरासतमा लिएको केही घण्टापछि उत्तर कोरियाले नजिकैको समुद्रमा दुईवटा संदिग्ध ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । ति सैनिकमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे उत्तर कोरियाले केही प्रतक्रिया जनाएको छैन । अमेरिकी सेनाका अनुसार ति सैनिक जानाजानी र बिना अनुमति उत्तर कोरिया प्रवेश गरेका हुन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]