रुसद्वारा युक्रेनको पोक्रोभस्क सहरमा मिसाइल हमला

काठमाडौँ । रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा मिसाइल हमला गरेको छ । सो शहरको एक आवासीय भवनलाई लक्षित गरी भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए । युक्रेनले आक्रमणको निन्दा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा साधारण आवासीय भवनमा आक्रमण गरेको बताएका छन् । उनीहरुले सोभियत युगको पाँच तले भवनको फुटेज पनि सार्वजनिक गरेका छन् । यस भवनको माथिल्लो तला ध्वस्त भएको छ । आक्रमणपछि उद्धार कार्य जारी छ । आफ्नो पोस्टमा जेलेन्स्कीले लेखेका छन कि भग्नावशेष अझै सफा भइरहेको छ र खोज र उद्धार कार्य जारी छ। उनले रुसी आतंकलाई रोक्नु पर्ने बताएका छन । युक्रेनलाई सहयोग गर्ने विश्वका सबैले हामीसँगै आतंकवादीहरूलाई परास्त गर्नेछन्। रुसले यस भयानक युद्धमा जे गरेको छ त्यसको लागि उत्तरदायी हुनु पर्नेछ । युक्रेनका एक मन्त्री इगोर क्लिमेन्कोले पनि टेलिग्राममा यी आक्रमणहरूको जानकारी दिएका छन्। जसमा पाँच जनाको मृत्यु भएको उनले बताएका छन् ।
यसैबीच, दोस्रो आक्रमणमा डोनेट्स्क क्षेत्रका एक उच्च श्रेणीका आपतकालीन अधिकारी मारिएका छन्। यी आक्रमणमा ३१ जना घाइते भएका छन् । जसमा १९ प्रहरी अधिकारी, पाँच उद्धारकर्मी र एक बालक रहेका छन् । पोक्रोभस्क रुसको कब्जामा रहेको डोनेट्स्क सहरबाट करिब ७० किलोमिटर (४३ माइल) उत्तरपश्चिममा रहेको छ।