चीनद्वारा इरान र साउदीबीचको सम्बन्ध सुधारमा मध्यस्थता गर्ने प्रस्ताव
काठमाडौँ । चीनले इरान र साउदी अरेबियाबीचको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्ने प्रतिवद्धता जनाएको छ । बेइजिङमा सम्पन्न शीर्ष कुटनीतिज्ञहरुसँगको छलफलपछि चीनले दुवै देशबीच जारी टकराब अन्त्यका लागि मध्यस्थता गर्ने बताएको हो । चिनियाँ संचारु माध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षीसँगको टेलिफोन संवादमा तेहरानको समस्या समाधानका लागि तयार रहेको बताउनुभएको हो । उहाँले मध्यपूर्वमा शान्ति स्थापना र विकास निर्माणका लागि पनि चीनले सहयोग गर्ने प्रतिवद्दता जनाउनुभएको छ ।
इरान र साउदी अरेबियाबीच उत्पन्न तनावका कारण चीन, इराक, लेबनान, ओमान र बहराइनलगातका मुलुकहरु पनि प्रभावित भएका छन् । यता, तेहरान र रियादका अधिकारीहरुले भने दुवै देशबीच बाहिर चर्चा आएजस्तो सम्बन्ध नबिग्रिएको दावी गरेका छन् । साउदी अरेबियाले भने क्षेत्रिय सुरक्षामा चासो देखाउँदै चीनको प्रस्तावलाई सकारात्मक भनेको छ । अमेरिकासँग विश्वासको वातावरण नबन्दा मध्यपूर्वलाई आफ्नो प्रभावमा पार्न चीनले अनेकन प्रयासहरु गरेको पश्चिमा मुलुकहरुले आरोप लगाएका छन् । इरानलाई आफ्नो आणविक कार्यक्रम स्थगित गराउन यसअघि अमेरिकाले पनि पटक पटक प्रयास गरेको थियो । -एजेन्सी