७ जना शिशुको हत्या गरेको अभियोगमा नर्सलाई आजीवन कारावास !

२०८० भाद्र ५ गते, मंगलवार


काठमाडौं । बेलायतमा ७ जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर भएकी नर्सलाई आजीवन काराबासको सजाय दिइएको छ । बेलायती अदालतले अमेरिकी मुलकी बेलायती नर्स लुसी लेटबीलाई आजीवन काराबासको सजाय दिएको हो । ३३ वर्षीया लुसी लेट्बीलाई बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिई हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार म्यानचेस्टर क्राउन अदालतले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोपलाई पुष्टि गर्दै फैसला सुनाइएको थियो । सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म बेलायतको काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।
उनले ती शिशु र बालबालिकालाई जबरजस्ती दुध र अत्यधिक पानी खान दिई हत्या गरेको अनुसन्धानबाट खुलेको छ । बच्चाहरू बिरामी परेको वा उनीहरूको ज्यान गएको समयमा लेट्बी सिफ्टमा रहेको बताएपछि अनुसन्धानका लागि पक्राउ गरिएको थियो । उनले आफ्नो अपराध स्वीकार गरी सजया भोग्न तयार रहेको प्रतिक्रिया दिएको समाचारमा उल्लेख छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]