गाजा बिष्फोटमा मारिएकाको अन्त्येष्टिमा हजारौँ सहभागी
२०८० भाद्र २९ गते, शुक्रबार
काठमाडौँ । इजरायल गाजा सीमामा भएको बिष्फोटमा मारिएका पाँच जना प्यालेस्टाइनी युवाको अन्त्येष्टिमा हजारौँ गाजावासी सहभागी भएका छन् । बिहीवार हजारौँ गाजावासीहरु उनीहरुको अन्त्येष्टिमा सहभागी भएका हुन् । बुधवार भएको बिष्फोटमा कम्तिमा पाँच जना प्यालेस्टाइनीको मृत्यु भएको थियो । घटनामा अन्य २५ जना घाइते भएका छन् । बिष्फोटअघि दर्जनौँ प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सैनिकहरुबीच सीमामा झडप भएको थियो । बिष्फोटको कारण अझै पत्ता लाग्न सकेको छैन ।-एजेन्सी