बाइडेन र जेलेन्स्कीबीच भेटवार्ता हुँदै

२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आगामी बिहीबार भेटवार्ता हुने भएको छ । सो भेटवार्ताबारे अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइटहाउसले जानकारी दिदै युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्ने जनाएको छ ।
सो अवसरमा युक्रेनका समकक्षी जेलन्सिकीले आर्थिक सहायता प्राप्तिका लागि अमेरिकी संसद्को पनि भ्रमण गर्नेछन् । बाइडेन प्रशासनले अमेरिकी संसद् कंग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्ने प्रस्ताबलाई अनुमोदन गर्नका लागि प्रस्ताव पेश गरिसकेको छ । जसअनुसार सो रकम मध्ये १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोगमा खर्च गर्ने भन्दै वाइडेन प्रशासनले संसदसँग अनुमति मागिरहेको बेला जेलन्सिकीले अमेरिकी संसदको भ्रमण गर्न लागेका हुन् ।
तर, वाइडेन प्रशासनले आर्थिक सहयता दिए पनि रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको भने तिब्र आलोचना गर्दै आएका छन्। उनीहरुले अमेरिकी सहयोगको उनीहरुले उचित प्रयोग नगरेको भन्दै युक्रेनको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै आएका छन्।
रुससँग युद्दरत युक्रेनलाई सैन्य सहायता दिदै आएको अमेरिकाका राष्ट्रपतिले समकक्षी जेलेन्सिकी बिच हुने भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]