तालिबानद्वारा अन्तर्राष्ट्रिय सहयाेग मिशनका कर्मचारी गिरफ्तार

२०८० भाद्र ३१ गते, आईतवार


काठमाडौँ । तालिबानले अन्तर्राष्ट्रिय सहयाेग मिशनका कर्मचारी गिरफ्तार गरेको छ। उसले अफगानिस्तानको घोर प्रान्तमा अन्तर्राष्ट्रिय सहयोग मिशन (आईएएम) का एक विदेशी नागरिक सहित १८ कर्मचारीलाई गिरफ्तार गरेको खामा प्रेसले उल्लेख गरेको छ। क्राउपछि उनीहरुलाई काबुल लगिएको छ । यद्यपि, गिरफ्तार दुई अलग घटनामा भएको थियो ।
सेप्टेम्बर ३ मा तीन जनालाई पक्राउ गरिएको थियो भने भर्खरै १५ जनालाई गिरफ्तार गरिएको आईएएम द्वारा जारी विज्ञप्ति उद्दृत गर्दै खामा प्रेसले उल्ल्ेख गरेको छ।
अन्तर्राष्ट्रिय सहायता मिशन (आईएएम) ले एक विज्ञप्तिमा आफ्ना कर्मचारीहरूको हिरासतमा गहिरो चिन्ता र दुःख व्यक्त गरेको छ।
यद्यपि तालिबान घोरका प्रवक्ताले क्रिश्चियन धर्मको प्रचार गरेको कारण गिरफ्तार गरिएको बताएशा छन् ।
यसैबीच, आईएएमले आफ्ना हिरासतमा रहेका कर्मचारीहरूको रिहाइ गर्न माग गरेको छ । तर, आईएएमले अफगानिस्तानमा स्वास्थ्य सेवा, शिक्षा र सामुदायिक विकासमा ४ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ।
यसअघि अफगानिस्तानका लागि अमेरिकी विशेष दूत थोमस वेस्टले अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई सामान्य बनाउनका लागि आग्रह गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]