इजरायलमा राष्ट्रिय आपातकालिन सरकार !

२०८० आश्विन २५ गते, बिहीबार


काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेंन्जामिन नेतान्याहूले पूर्व आईडीएफ स्टाफको नेतृत्वमा विपक्षी ब्लू एण्ड व्हाइट पार्टीको समन्वयमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा गरेका छन । रक्षा मंत्री बेनी गैंजसहित उपस्थित प्रधानमन्त्री नेतान्याहुले हमासको आक्रमणपछि चौथौं पटक गरिएको पत्रकार सम्मेलमा हमासको आक्रमणलाई घटिया हमलाको संज्ञा दिएका छन । उनले यहूदी राष्ट्र इजरायल एकजुट रहेकाले हमलाको जवाफपनि एकसाथ दिने बताए । नेतन्याहूले विश्वका धेरै राष्ट्र आफूहरुको साथमा रहेको बताउँदै इजरायलको जीत निश्चत रहेको दावी गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]