इरानद्वारा गाजामा आक्रमण रोक्न चेतावनी

२०८० कार्तिक ६ गते, सोमबार


काठमाडौँ । इरानले इजरायल र अमेरिकालाई गाजापट्टी क्षेत्रमा गरेको आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहनले गाजा क्षेत्रमा भइरहेको सैन्य कारवाही रोक्न र नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताउनुभएको छ । विदेशमन्त्री हुसैनले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह समेत गरेका छन ।
प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा दुईतर्फी युद्ध चर्किरहेको छ । इरानले प्यालेस्टाइनको समर्थन गर्दै आएको छ भने अमेरिका इजरायलको पक्षमा देखिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]