इजरायल–हमासबीचको युद्ध रोक्ने प्रस्ताव पारित :इजरायद्वारा अस्वीकार

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ, जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ । यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन्, भने इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गरेको छ । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने र आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन् ।
उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ, भने स्थलगत परिचालन समेत बढाइएको छ । आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरूद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस सञ्चारबाट सम्पर्कविच्छेद भएका छन् । यसैबीच, इजरायलले हमासको कब्जामा २ सयभन्दा बढी बन्धक रहेको र त्यसमध्ये ३० जना बालबालिका रहेको जनाएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभाले इजरायल–हमास बीचको युद्ध रोकिनु पर्ने प्रस्ताव पारित गरेपनि इजरायले भने अस्वीकार गरेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा विश्वका १२० राष्ट्रले युद्ध रोकिनु पर्ने र शान्तिपूर्ण समाधान खोजिनु पर्ने प्रस्तावमा मतदान गरेको भएपनि इजरायल लगायतका १४ राष्ट्रले प्रस्तावको विपक्षमा मतदान गरेका हुन । भारतसहित ४५ देशले मतदान गरेनन् ।
महासभाले शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरेको छ । इजरायल र हमासबीच जारी युद्ध २२ औं दिन सम्म पुग्दा अत्यधिक मानवीय तथा भौतिक सम्पत्तिको क्षति भएको छ ।
न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन । इजरायको यो कदमले उ अमेरिकाको उक्साहटमा भूमिको अधिकारका लागि लडेका हमास माथि युद्धअपराध गरिरहने संकेत देखिन्छ । उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ । आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस संचारबाट सम्पर्कविच्छेद भएका छन् ।