बेलायतमा प्यालेस्टाइन समर्थकको विशाल प्रदर्शन

२०८० कार्तिक २६ गते, आईतवार


काठमाडौँ । बेलायतमा प्यालेस्टाइन समर्थकहरुले विशाल प्रदर्शन गरेका छन् । गाजापट्टीमा इजरायली हमला रोक्दै युद्धविरामका लागि अपिल गर्दै झण्डै तीन लाख प्यालेस्टाइन समर्थक लण्डनको सडकमा उत्रिएका हुन् । लण्डनको मेट्रो पुलिसका अनुसार गाजा युद्धविरामका लागि आह्वान गर्दै तीन लाख प्यालेस्टिनी समर्थकहरुले इजरायल–गाजा युद्ध सुरु भएदेखिको सबैभन्दा ठूलो प्रदर्शन गरेका हुन् ।
भड्किलो प्रदर्शन गरेको आरोपमा १२६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी र प्रदर्शनकारीबिच ठाउँठाउँमा झडप हुँदा ९ जना प्रहरी घाइते भएको बताइएको छ ।
उता गाजापट्टीमा भने इजरायलको स्थल तथा हवाइ हमला जारी छ । पछिल्लो हमलाले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताल क्षतिग्रस्त भएको छ । अस्पतालमा खाद्यान्न, पानी र इन्धनको संकट भएको चिकित्सकहरुले बताएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]