इजरायल–लेबनान सीमामा पुन: गोलीबारी

२०८० पुष २ गते, सोमबार


काठमाडौँ । लेबनान सीमामा फेरि गोलीबारी सुरु भएको छ । हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीबारी सुरू गरेको हो । हिजबुल्लाह समूहले सीमा नजिकै उत्तरी इजरायलको किबुट्ज हानिताको किनारमा इजरायली सेनालाई लक्षित गरेको र केही हताहत भएको बताएको छ।
यसले इजरायली सैनिकहरूद्वारा सञ्चालित चौकीमा दोस्रो आक्रमणको दावी पनि गरेको छ । इजरायली सेनाले जवाफ दिँदै लेबनानमा हिजबुल्लाह पूर्वाधारमा प्रहार गरेको बताएको छ। युद्ध सुरु भएदेखि सीमामा झडपहरू जारी छन्, जसमा झण्डै १०० हिजबुल्लाह लडाकू र कम्तिमा १५ नागरिकको मृत्यु भइसकेको छ।

प्रतिक्रियाहरु

[anycomment]