निकेल प्लान्टमा विस्फोट : १२ जनाको मृत्यु, ३९ घाइते

२०८० पुष ८ गते, आईतवार


काठमाडौँ । पूर्वी इन्डोनेसियाको निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् । सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण केन्द्र हो । विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने महत्वपूर्ण धातु हो ।
पिटी इन्डोनेसियाको सिङशान स्टेनलेस स्टिलको प्लान्टमा स्थानीय समयअनुसार बिहान ५ः३० बजे दुर्घटना भएको नगर परिसरका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले भने- “अहिले मृत्यु हुनेको संख्या १२ पुगेको छ भने घाइते हुनेको संख्या ५१ पुगेको छ । सामान्य र गम्भीर घाइते भएका ३९ जनाको उपचार भइरहेको प्रवक्ता डेडी कुर्नियावानले बताए ।
घटनामा सात इन्डोनेसियाली र पाँच विदेशी कामदारको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । कुर्नियावानले एएफपीलाई बताएअनुसार पाँचै जना विदेशी कामदार चिनियाँ नागरिक थिए ।
अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्टीको मर्मतका क्रममा प्रज्वलनशील तरल पदार्थ प्रज्वलित हुँदा विस्फोट भएको र त्यसपछि नजिकैको अक्सिजन ट्यांकीमा पनि विस्फोट भएको देखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]