सुलेमानीको समाधिस्थलनजिकै विस्फोटः १०३को मृत्यु १४१ गम्भीर घाइते

काठमाडौँ । इरानको रिभोलुसनरी गार्डका पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा स्थलमा विस्फोट हुँदा १०३को मृत्यु १४१ गम्भीर घाइते भएका छन । इरानमा आपतकालीन सेवाको निरीक्षण गर्ने संस्थाले विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुगेको बताएको छ। विस्फोटमा १४१ जना गम्भीर घाइते भएको इरानी समाचारसंस्थाले जनाएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार समारोहमा दुईवटा ‘भयानक विस्फोट’ भएका थिए।
रेड क्रिसेन्टको जनसम्पर्क विभागले दोस्रो विस्फोटमा घाइतेहरूलाई मद्दत गर्न पठाइएका तीन उद्धारकर्मीको मृत्यु भएको जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। केरमानका डेपुटी गभर्नरले भने, ‘यो घटना आतंकवादी हमला हो।’
सुलेमानीलाई सन् २०२० मा इराककारा राजधानी बग्दादमा अमेरिकी ड्रोन हमला गरेर हत्या गरिएको थियो । उनी खमेनी पछिका मुख्य शक्तिशाली कमाण्डर मानिन्थे । घटना लगत्तै रुसी राष्ट्रपछि भ्लादमीर पुटिर टर्कीेका राष्ट्रपछि रिएप एरर्दोगानले इरानी सर्वोच्च नेता आयातोल्लाह खमेनीलाई फोन मार्फत घटनाप्रति दुख व्यक्त गर्दै समवदेना व्यक्त गरेका छन् । तर बांकी विश्व नेताहरुले भने अझै सम्म केुनै प्रिितmत्रया दिएका छन्। इरानी विदेशमन्त्रीले आक्रमणकारी शक्ति र हत्याराहरुलाई उचित जबाफ दिने चेतावनी दिएका छन् ।