प्यालेस्टिनको समर्थनमा लण्डनमा जुलुस

२०८० पुष २९ गते, आईतवार


काठमाडौँ । बेलायतस्थित मध्य लन्डनमा प्यालेस्टिनको समर्थनमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । आयोजकले प्यालेस्टिनी जनताको समर्थनमा विश्वका ३० देशमा प्रदर्शन भइरहेको बताए । प्रदर्शनकारीहरूले गाजामा तत्काल पूर्ण युद्धविरामको माग गर्दै ‘अब युद्धविराम’ नारा लगाएका थिए।
गाजामा बाल शरणार्थी समस्यामा ध्यानाकर्षण गर्दै प्रदर्शनकारीहरूले लिलित अमल नामक सिरियाली बाल शरणार्थीको विशाल पुतलाको साथ मार्च गरिरहेका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]