इराकको अमेरिकी महावाणिज्य दूतावास नजिक दर्जनौँ विस्फोटन

२०८० माघ २ गते, मंगलवार

काठमाडौँ । एबीसी न्यूजका अनुसार इराकमा रहेको अमेरिकी महावाणिज्य दूतावास नजिक दर्जनौँ विस्फोटन भएका छन् । अमेरिकी वाणिज्य दूतावासमा भएको आक्रमणको जिम्मेवारी इरानको रिभोलुसनरी गार्डले लिएको जनाएको छ । रिभोलुसनरी गार्ड्सले जासूस मुख्यालय र इरानी विरोधी आतंकवादी गतिविधि गर्ने क्षेत्रका केही भागलाई ब्यालेस्टिक मिसाइलले निशाना बनाएको बताएको छ । एक इराकी सुरक्षा स्रोतले एबीसी न्यूजलाई दिएको जानकारी अनुसार बम विष्फोटमा चार जनाको मृत्यु भएको छ ।
यद्यपी यस बम विष्फोटमा कुनै अमेरिकी सेनालाई क्षति भने भएको छैन । रिभोलुसनरी गार्डले इराकको एर्बिल एयरपोर्ट नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ । हमलापछि एर्बिल एयरपोर्ट बन्द गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]