इजरायलको आक्रमणबाट २४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु

२०८० माघ २ गते, मंगलवार


काठमाडौँ । इजरायलको आक्रमणबाट हालसम्म गाजामा २४ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ। हमास लक्षित भनिए पनि सो आक्रमणमा ९ हजार ६०० बढी बालबालिका र ६ हजार ७५० बढी महिलाको मृत्यु भएको छ। इजरायली आक्रमणमा ६० हजार बढी प्यालेस्टाइनी घाइते भएका छन्। जसमा ८ हजार ६०० बढी बालबालिका छन्। ८ हजार बढी प्यालेस्टाइनी बेपत्ता छन्। हालसम्म इजरायली आक्रमणबाट ३ लाख ५९ हजार भन्दा बढी घरहरु गाजामा धवस्त भएका छन्। ३७४ वटा शैक्षिक संस्था बन्दा ३० वटा अस्पतालको संचालन बन्द भएको छ। वेस्ट बैंकमा पनि मानवीय र भौतिक क्षति भएको छ।
इजरायलले गाजामा नरसंहार मच्चाइरहेको भन्दै युद्धविरामको माग उठिरहेको छ। संयुक्त राष्ट्रसंघले नै तत्काल युद्धविराम हुनुपर्ने बताउँदै आएको छ। तर, अमेरिका र केही पश्चिमा देशको सहायामा इजरायल प्यालेस्टाइनीहरु विरुद्ध आक्रमण रोक्ने पक्षमा छैन। अमेरिकाले इजरायलप्रति लिएको नीतिको अमेरिकामै विरोध भइरहेको छ।
संयुक्त राष्ट्रसंघले गाजा बालबालिकाहरुको चिहान बन्दै गरेको भन्दै विश्व समुदायलाई युद्धविरामको लागि पटकपटक आह्वान गरिरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]