चीनको जनसंख्या घट्यो !

२०८० माघ ५ गते, शुक्रबार


काठमाडौँ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले गत वर्षदेखि हालसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको जनाएको छ।
हाल चीनको जनसंख्या १४० करोड छ। विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा चीन दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ।
पछिल्लो दुई वर्षयता चीनमा कोभिड-१९ का कारण मृत्यु हुने क्रम जारी छ। यसबाहेक जन्मदरमा पनि कमी आएको छ। यी दुई कारणलाई जनसंख्या घट्नुको सबैभन्दा ठूलो कारण मानिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०२२ मा चीनमा ८.५ लाख मानिसको मृत्यु भएको थियो। गत वर्षको तुलनामा प्रति हजारमा जन्मदर ६.३९ प्रतिशतले घटेको छ। चीनमा कम्युनिस्ट शासन स्थापना भएपछि पहिलो पटक यस्तो गिरावट आएको हो।
मुलुकमा काम गर्ने व्यक्तिको उमेर १६ देखि ५९ वर्षको बीचमा रहेकोमा सन् २०२२ मा १० करोड ७५ लाखले घटेको छ। ६० वर्षभन्दा माथिका मानिसको सङ्ख्या बढेको छ। सन् २०२२ मा ६० वर्षभन्दा माथिका व्यक्तिको सङ्ख्या १६.९३ मिलियनले बढेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु