केन्यामा ग्याँस स्टेशनमा बिष्फोट : १६५ जना भन्दा बढी घाइते

२०८० माघ १९ गते, शुक्रबार


काठमाडौँ । गएराति करिब ११ बजे केन्यामा ग्याँस स्टेशनमा बिष्फोट हुदाँ १६५ जना भन्दा बढी घाइते भएका छन्। केन्या सरकारका प्रवक्ता इसाक मवाउराले बिहीबार राति करिब ११ बजे नैरोबीको एम्बकासीस्थित जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) नजिकै विस्फोट र आगलागी भएको पुष्टि गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल पृष्ठहरूमा साझा गरेको एक विज्ञप्तिमा, एयरपोर्ट नर्थ रोडको कबानसोरा नजिकैको ग्यास स्टेशनमा आगलागी भएको बताए। तर, आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । समाचार अनुसार सो विस्फोटमा परी १६५ जना भन्दा बढी बढी व्यक्ति घाइते भएका छन्।
कम्पनीले ग्याँस सिलिन्डर रिफिल गरिरहेको बेला एक्कासी आगलागी भएको र त्यसपछि धेरै व्यक्तिहरू घाइते भएका र अस्पताल लगिएको तर, अहिलेसम्म कुनै हताहतको पुष्टी भइ नसकेको केन्याका मिडियाहरूले जनाएका छन ।
‘कम्पनीको होस्टेलको भवन नराम्ररी क्षतिग्रस्त भएको छ । यस क्षेत्रमा फायर इन्जिनहरू तैनाथ गरिएको लगायत उद्धार कार्यहरू भइरहेकाले जनतालाई यस क्षेत्रबाट टाढा रहन सल्लाह दिइन्छ,’ प्रवक्ताले भनेका छन । नैरोबीका प्रहरी प्रमुख एडमसन बुन्गेईले पनि ग्यास भर्ने ठाउँमा विस्फोट भएको पुष्टि गरेका छन् ।
घटनास्थलमा पुगेका आकस्मिक सेवा प्रदायकहरूले घाइतेहरूलाई तत्काल केन्याटा नेसनल अस्पताल, मामा लुसी अस्पताल र कोमारोक मेडिकल सेन्टरमा उपचारका लागि पुरयाएका छन ।
पीडितलाई उद्धार गर्न घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका तस्बिरले उनीहरुको शरीर जलेको देखाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]