चिलीको जंगलमा भिषण आगलागी : ५१ को मृत्यु
२०८० माघ २१ गते, आईतवार
काठमाडौँ । लेटिन अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ५१ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको विनाशकारी डढेलोले एक हजारभन्दा बढी घरहरु नष्ट पारेको छ ।
‘मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुवाँ आकाशमा उडिरहेको छ जबकि अग्नि नियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन संघर्ष गरिरहेका छन,’ स्थानिय स्मिथले भने ।
तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको चिलीका अधिकारीहरूले जनाएका छन् ।