बेलायतका राजा चार्ल्सलाई क्यान्सर

२०८० माघ २३ गते, मंगलवार

काठमाडौँ । बेलायती राजदरबार बकिङ्घम प्यालेसले राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको र उनको हिजैबाट उपचार सुरु गरिएको जनाएको छ । दरबारका अनुसार राज चार्ल्सको हालै गरिएको प्रोस्टेटको नियमित स्वास्थ्य परिक्षण र उपचारको क्रममा क्यान्सर पत्ता लागेको थियो । तर उनको क्यान्सर भने प्रोस्टेटको नभएको बताइएको छ । दरबारले यसबारे थप जानकारी गराएको छैन ।
७५ वर्षीय राजा चार्ल्सलाई उपचार अवधिभर सार्वजनिक जिम्मेवारीबाट टाढा रहन भनिएको छ । उनलाई लण्डनस्थित दरबारमै राखेर उपचार गरिँदैछ । केही समय छुट्टीमा रहनुभएका राजदरबारका उत्तराधिकारी युवराज विलियमले यसै हप्ताको अन्त्यबाट आफ्नो जिम्मेवारी समाल्ने छन । अमेरिकामा रहेका राजकुमार ह्यारी पनि छिट्टै बेलायत फर्कने बताइएको छ । सेप्टेम्बर २०२२ मा तत्कालीन महारानी एलिजावेथ द्वितीयको निधनपछि बेलायतको सिंहासन राजा चार्ल्सले समाल्न थालेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]