थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा रिहा

२०८० फाल्गुन ६ गते, आईतवार

काठमाडौँ । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा परोलमा रिहा भएका छन ।
थाइल्याण्डको उच्च अदालतले सिनावात्रालाई आठ वर्षको जेल सजाय तोककोमा थाइल्याण्डका राजाले कैद अवधि मिनाहा गरी १ वर्षको सजायमा झारेको थियो । १५ वर्षसम्म निर्वासनमा रहेका सिनावात्रालाई निर्वासनबाट फर्कने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको थियो । स्वास्थ्य अवस्था कमजोर भएका सिनावात्रा प्रहरीको अस्पतालमा रही सजाय काटिरहेकोमा मौखिक प्रतिज्ञामा रिहा भएका हुन् ।
प्रहरीको अस्पतालमा रहनुभएका सिनावात्रालाई स्वास्थ्य समस्याकै कारण यस्तो सविधा दिइएको हो । सिनावात्रा थाइल्याण्डका सबैभन्दा सफल निर्वाचित नेता मानिन्छन । सन् २००८ मा थाइल्याण्डको सैनिकले कु गरेसंगै उनि निर्वासन जीवन बिताउन बाध्य भएका थिए ।
सिनावात्रा सन् २००१ देखि सन् २००६ सम्मका लागि प्रधानमन्त्री रहेका थिए । हाल थाइल्याण्डमा सिनावात्राकै परिवारका सदस्यहरुको फेउ थाई पार्टी सत्तामा रहेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]