रुसी राष्ट्रपति पुटिनद्वारा परमाणु हतियार प्रयोग गर्ने चेतावनी

२०८० फाल्गुन १८ गते, शुक्रबार


काठमाडौँ । राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएका छन । राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूको सहयोगको आलोचना गदै आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मा रुसले नलिने चेतावनी दिंदै रुस, युक्रेन युद्ध जित्ने योजनामा मात्र केन्द्रित रहेको भन्दै युरोपमा आक्रमण गर्ने कुनै योजना आफुहरुको नभएको प्रष्ट्याए । उनले रुस आणविक हतियारले सुसज्जित रहेकाले आफूसँग नखेल्न सचेत पार्दै पश्चिमा देशहरूले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला फैलाइरहेको जिकिर समेत गरे ।
राष्ट्रपति पुटिनले संसारको सबैभन्दा ठुलो आणविक हतियार भएको देश आफ्नो रहेको बताउँदै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको संकेत गरे । सम्बोधनका क्रममा पुटिनले राष्ट्रपतीय निर्वाचनमा आफुलाई साथ दिन जनतासँग अनुरोध गरे । रुसमा मार्च १५ देखि १७ सम्म चुनाव हुँदैछ । अहिलेसम्म पुटिननै पुनः निर्वाचित हुने लगभग पक्का भएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु