सिंगापुरका प्रधामन्त्री लरेन्स वोङले कार्यभार सम्हाले

२०८१ जेष्ठ ३ गते, बिहीबार


काठमाडौँ । लरेन्स वोङले सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । बुधबार एक विशेष समारोहबीच प्रधानमन्त्री लुङ र मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिएका हुन् । उनलाई प्रधानन्यायाधीश सुन्दरेश मेननले शपथ दिलाएका थिए । शपथ ग्रहण समारोहमा थर्मन शनमुगरत्नमसमेत उपस्थित थिए । लरेन्स वोङ सिंगापुरका चौथो प्रधानमन्त्री हुन् । त्यस्तै उनी सिंगापुर स्वतन्त्र भएपछि जन्मिएका व्यक्तिबाट प्रधानमन्त्री हुने पनि पहिलो हुन् । वोङ सन् १९७२ मा जन्मिएका हुन् भने सिंगापुर सन् १९६५ मा स्वतन्त्र भएको थियो ।
५१ वर्षीय वोङ एक कुशल अर्थशास्त्रीका रूपमा चिनिन्छन् । कोभिड(१९ संकटको सामनाका लागि उनको प्रशंसासमेथ हुने गरेको छ । सन् २००४ देखि निवर्तमान प्रधानमन्त्री ली सेन लुङले शासन गरेका थिए । विश्वअर्थतन्त्रमा सिंगापुरलाई एक अब्बल राज्यका रूपमा उभ्याउन उनको ठूलो भूमिका रहेको छ । नेसनल युनिभर्सिटी, सिंगापुरका सहप्राध्यापक जा इयान चोङले गार्डियनसँगको कुराकानीमा भनेका छन्। उनी व्यापार तथा विशेष रूपमा वित्त र वित्तीय सेवाका माध्यमबाट सिंगापुरलाई वैश्विक अर्थव्यवस्थामा उभ्याउन सफल भए ।

प्रतिक्रियाहरु

[anycomment]