फ्रान्सको संसदीय निर्वाचनमा वामपन्थी मोर्चा सवैभन्दा ठूलो

२०८१ असार २४ गते, सोमबार

काठमाडौँ । लेफ्ट फ्रन्टले संसदीय निर्वाचनको दोस्रो चरणमा सबैभन्दा बढी सीटहरू जितेसंगै फ्रान्सको संसदीय निर्वाचनमा वामपन्थी मोर्चा सवैभन्दा ठूलो बनेको छ। फ्रान्समा अब मुख्य तीन प्रतिस्पर्धी राजनीतिक समूहहरू – वामपन्थी, केन्द्रवादी र अति दक्षिणपन्थीको सामना गर्नुपर्ने भएको छ। त्रिशंकु अल्पमत संसद र गहिरो राजनीतिक अनिश्चितताको नयां चरणमा फ्रान्स प्रवेश गरेको छ ।
पहिलो चरणको मतदानमा हावी देखिएको मेरिन ले पेन नेतृतवको अति दक्षिणपन्थी आप्रवासी विरोधी पार्टी राष्ट्रिय रैलीको स्पष्ट जितको व्यापक भविष्यवाणीहरू उल्टाउँदै नतिजाहरूले आएका छन्। ५७७ सदस्यीय ससंसदमा बायाँपन्थी नयाँ लोकप्रिय मोर्चाले सवैभन्दा बढी १८२ सीट जित्न सफल भएको छ ।
राष्ट्रपति एमानुएल म्याक्रोनको केन्द्रवादी गठबन्धन दोस्रो स्थानमा रहेर १६३ सीट जितेको छ भने अति दक्षिणपन्थी राष्ट्रिय रैली(आएएन) र यसका सहयोगीहरूदे तेस्रो स्थानमा १४३ सीट जितेका छन् । एक महिना अघिसम्म, नयाँ लोकप्रिय मोर्चा (एनएफपी) को कुनै अस्तित्व थिएन । तर यतिबेला फ्रान्सेली संसदमा सबैभन्दा धेरै सीट जित्ने दल बनेको छ । फ्रान्समा यही मोर्चाका नेता अबको प्रधानमन्त्री बन्न सक्नेछन् ।
यो बायाँपन्थी गठबन्धनले आफ्नो मोर्चाको नाम एक महिना अगाडि मात्र राखेको हो । अति दक्षिणपन्थी शक्तिललाई सत्ता सत्ता कव्जा गर्नबाट रोक्न सफल यो वामपन्थी मोर्चाले आफ्ने सन् १९३६ को वामपन्थी विरासत फर्काएको देखिएको छ ।
धेरै हतारमा समेटिएको यो गठबन्धन विभिन्न राजनीतिक दलहरू मिलेर बनेको छ । यसले उच्चस्तर मा जनतालाई न्युनतम ुविधा र सेव प्रदानका लागि राज्यले सार्वजनिक खर्च बढाउनु पर्ने नीति अख्तियार गरेको छ । यसको विजयबाट वित्तीय बजार भने डराउन ससक्ने सिएनएनले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]